कमल , आसार १७ बुधवार / धेरै जिल्लामा सलह किरा देखिन थालेका छन् | बिगत केहि समय देखि सलह किराले किसानलाई उठिबास लगाएको छ | खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा बारा सहित देशका बिभिन्न जिल्ला पुगेका छन् | सलह किरा एक किसिमको फौजी किरा हो | यस किराले बालिनालिमा पसेर आक्रमड गरेर सखाप बनाउछ | यस किरले भोकमरी र मानव स्थानांतरण जस्ता परिस्थिति सिर्जना गरेको छ | यो किरा दिनमा १५० - ५०० कि.मि सम्म उड्न सक्छ |
स्थानीय स्थरमा सलह किराको क्षति घटाउन के गर्ने ?
१. अण्डाको नाश अण्डा पार्ने ठाउँमा रोलर, ट्याक्टर चलाएर माटोको अण्डा नाश गर्ने
२. हुल / समूहलाई तीतर- बितर पारेर आगोको प्रयोग गर्ने धुवाको प्रयोग गर्ने
३. ध्वनिको प्रयोग गर्ने
४. बोटका पातमा पीठो छर्किने
५. जैबिक कीटनाशकको प्रयोग गर्ने
श्रोत :- लखनपुर सना किसान कृषि सहकारी संस्था ली.